कपाल झर्न रोक्ने औषधि खाँदा गुप्ताङ्ग नै काम नलाग्ने भयो
कपाल झर्न रोक्ने औषधि खाएका एक बेलायती नागरिकको गुप्ताङ्ग नै काम नलाग्ने भएको छ ।हलमा बस्दै आएका ३६ वर्षका पउल इनेसले आइटिभीलाई दिएको अन्तर्वार्तामा कपाल झर्ने औषधि खाएका कारण आफ्नो गुप्ताङ्ग काम नलाग्ने भएको र आफ्नो यौन जीवन नै खतरामा परेको जानकारी दिएका हुन् ।
कपाल झर्ने समस्याबाट दिक्क भएर आफ्नै परिवारका डाक्टरसँग सम्पर्क गरेको र उनले दिएको औषधिको साइट इफेक्टले आफू समस्यामा परेको उनले बताए । तीन सन्तानका पिता इनेसका अनुसार औषधि खाएपछि उनको लिंग सुक्दै गएको छ र उनी यौन सम्बन्ध राख्नै नसक्ने भएका छन् ।
यो औषधिले यौन सक्षमता घटाउने सक्ने सम्भावना २ प्रतिशत रहेको डाक्टरले आफूलाई बताएका इनेसले बताए । गुप्ताङ्ग काम नलाग्ने भएपछि उनको प्रेमिकासँगको सम्बन्ध पनि टुटेको थियो । त्यसपछि उनले परिवारका अरु सदस्यको सहयोगमा मनोचिकित्सकसँग उपचार गराउन थालेको जानकारी उनले दिए ।
इनेसका अनुसार यसमा अचम्मलाग्दो कुरा के छ भने जतिबेला उनी यौन सम्बन्ध राख्नै नसक्ने भएका थिए,
त्यतिबेलै उनकी प्रेमिका भने गर्भवती भएकी छिन् । इनेसले यौन सम्बन्ध राख्न नसक्ने भएपछि उनलाई छाडेर हिंडेकी उनकी प्रेमिका अहिले पुनः उनीसँग फर्किएकी छिन् ।
उनी आफ्नो बच्चाको आमा बन्न लागेकाले फर्किएको इनेसले बताए । आफूलाई छाडेर हिँडेकी प्रेमिका आफूसँग बस्दा नै गर्भवती भएको थाहा पाएपछि आफू झनै अचम्ममा परेको उनले बताए ।स्रोत # उज्यालो अनलाइन






0 comments
Write Down Your Responses