यदि तपाइँ सम्भोगको मामिलामा खरो उत्रिन चाहनुहुन्छ र आफ्नो पार्टनरसँगको अन्तरंग पलहरुलाई अझै सम्झनलायक तथा आनन्ददायक बनाउन चाहनुहुन्छ भने तपाइँले केही चिजहरुको नियमित सेवन गर्नुपर्ने हुन्छ ।आउनुहोस् आज हामी तपाइँलाई यस्ता खानेकुराहरुको बारेमा बताउँदैछौँ जसले तपाइँको सेक्स ड्राइभ अर्थात् यौनइच्छा बढाउन सहयोग गर्नेछन् ।
१. फर्सीः फर्सीको नियमित सेवनले पुरुषहरुमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा सरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा सरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ ।
२. चकलेटः चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकी चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । चकलेटको सेवनले सरीरबाट मूड जगाउने रसायनको उत्पादन हुन्छ । जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ ।
३. दालचिनीः दालचिनीले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ, खासगरी पुरुषमा । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ ।
४. खरबुजाः खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । खरबुजालाई यौनबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।
५. पालुंगोः पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।
नियमित रुपमा पालुंगोको सागको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुने शोधकर्ताहरु बताउँछन् ।
६. खुर्सानीः खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट सरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्न जान्छ ।
७. ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौगिकलेे यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ । यसले रक्तनली तथा कोशिकाहरुमा क्षति पूराउने पि|m रेडिकल्स नष्ट गर्न पनि सहयोग गर्दछ ।
८. अदुवाःअदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।
९.केराः केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुराले सरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ ।
१०. आलुः आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जुन स्वभावतः यौनक्षमता वृद्धिमा सहयोगी बन्दछ ।
३ माघ, काठमाडौ ।संविधान जारी गर्ने भनिएको मिति नजिकिदै जाँदा राजधानी केन्द्रित अपराधिक क्रियाकलाप बढेका छन् । त्यस्तै छनक दिनेगरी शुक्रबार राति काठमाण्डौको स्विचाटारस्थित एक घरमा बम विस्फोट भयो । विस्फोट लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट एक सुतली बम, पेस्तोल र गोली बरामद गरेको थियो ।
राजधानीको स्विचाटारस्थित कृष्णहरि बिडारीको घरमा शुक्रबार राति बम पड्केको हो । विडारीको घरमा १० महिनादेखि भाडामा बस्दै आएका अमृत शर्माको कोठामा असावधानीबस एकाएक बम बिस्फोट भएको हो । शर्माले त्यहाँ बम बिस्फोट गराउन चाहेको नभइ राजधानीका संवेदनशील स्थानमा बिस्फोटका लागि ल्याइएको बम भण्डारमा साबधानी नअपनाइएकाले बिस्फोट भएको हो ।
विष्फोटमा परि उनको कोठामा पाहुना लाग्न आएकी २५ बर्षिया सिमा राई सामान्य घाईते भएकी छिन् । राईलाई महानगरिय प्रहरी बृत कालिमाटीले नियन्त्रणमा लिई छानविन थालेको छ । कोठा भाडामा बस्दै आएका मुख्य अभियक्त अमृत शर्मा भने फरार छन् । घटनास्थलबाट तराई जनतान्त्रिक ज्वाला मुक्ति मोर्चाको पर्चा फेला परेको थियो ।
प्रहरीले शर्माले चढ्दै आएको बा ६४ प ३०३३ नम्बरको २ सय २० सिसीको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ । संविधान जारी गर्ने भनिएको तिथि नजिकिदै जाँदा बिभिन्न भुमिगत गिरोहले राजधानी केन्द्रित गतिविधि बढाएको यो पछिल्लो नजिर हो । कोठा भाँडामा लिएर आतंक मच्चाउने गिरोहहरु सक्रिय भएको प्रहरीको ठम्याइ छ । कोठा भाँडाको प्रलोभनमा नाम, ठेगाना, काम तथा प्रयोजनको सोधखोज नगरी भाडामा लगाइने प्रबृत्तिले अपराधनीको मनोबल बढेको प्रहरीले जनाएको छ ।
भाँडामा बस्ने व्यक्तिको सम्पुर्ण विवरण लिएर मात्र घर भाडामा लगाउन महानगरिय प्रहरी परिसरका प्रमुख उत्तमकुमार कार्कीले बताएका छन् ।अमृत शर्मा जस्ता कयौ आतंकको प्रयोजनले, अपराधिक मानसिकता बोकेर राजधानीमा निर्वाध छिर्ने र डेरा जमाएर बस्नेहरुको कोपभाजनमा काठमाण्डौ जतिसुकै बेला पर्न सक्छ ।
माछा मार्ने भनेकै धमिलो पानीमा हो । राजनीतिक दलहरुबीच संविधानको सहमति या प्रक्रियाको रस्साकस्सीको फाइदा यस्ता भुमिगत गिरोहले उठाइरहेका छन् । यसर्थ सबै प्रकारका आतंक, भय तथा हुलहुज्जत नियन्त्रण तथा न्युनिकरणका लागि संक्रमणकाल अन्त्य गर्न सुविधाको संविधान यसको प्रस्थान विन्दु बन्न सक्छ ।







