एजेन्सी, जसरी अंगुरको सुख्खा रुप किसमिस स्वास्थ्यको लागि धैरै फाइदा हुन्छ त्यसरी नै खजूरका सुख्खा रुप छोकडा पनि शरीरको लागि फाइदै फाइदा हुन्छ। छोकडामा भरपुर मात्रामा पौष्टिक तत्व रहेको हुन्छ।
यसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक मात्राको फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम पाउन सकिन्छ। यसको प्रयोगले मानिसलाई लाग्ने क्यान्सर, मुटुसम्बन्धी रोग निको हुन सक्छ। यसका साथै वजन कम गर्न पनि मद्दत गर्नेछ।
यस्तै यदि यसको प्रयोग दूधमा उमालेर गरेमा झन मानव शरीरको लागि फाइदै फाइदा हुनेछ। किनकी यसमा भिटामिन ए,बी पाउन सकिन्छ। यका साथै छोकडाले शरीरमा सेल्सको निर्माण गर्न मद्दत गर्छ। यसबाट पाइने म्यानेसियमले शरीरमा रहेको सुगरलाई नियन्त्रण गर्ने गर्दछ। जसको कारण मानिसलाई डायबेटिज हुनबाट बचाउँछ।
यतिमात्रै नभएर। यसमा डाइट रुपी फाइबर हुने गर्दछ जसले शरीरको पाचन प्रणालीलाई नियमितता कायम गराउने गर्दछ। छोकडालाई दूधमा मिलाएमा यसमा पोटासियमको मात्रा धेरै हुन्छ जसले खादा पेट दुख्ने समस्या समाधान हुन्छ भने डारिया रोक्नेमा समेत काम गर्छ।
यदि तपाई शरीरको हड्डी बजबुद बनाउन चाहनुहुन्छ भने दूधमा छोकडा उमाएर सेवन गर्नुस् जसले तपाईलाई फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम प्रदान गर्दछ। यी सबैले तपाईको हड्डीलाई निक्कै मजबुदी बनाउछ।
हामी सबैको बानि बिहान उठेपछी सबै भन्दा पहिला मुख धुँने गरिन्छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । यसरी दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा अामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ । अब हामी मुख धुँदा के के नगर्ने भन्ने कुरा तल दिइएको छ । यो कुराहरुलाई तपाई अाफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स् :
ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।
अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।
अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।
अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।
फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।
अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।
अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।
अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।
अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।
अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

घोडताप्रे को पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगहरुलाई निर्मुल पार्छ । स्मरण शक्तिलाई बढाउँछ । रगत सफा गर्छ । पिसाब खुलाउछ । खानामा रुचि बढाउँछ । खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ । अनिद्रा हटाउँछ । आयु बढाउँछ ।
यसको पुरै बोटलाई सुकाएर चुर्ण बनाई ४–५ ग्राम मह वा मिश्री पानीमा मिलाएर दिनको दुई पटक प्रयोग गर्नाले वा यसको पुरै भागलाई पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरका अन्य भागमा सफा गर्नाले भिरुङ्गी रोग निको हुन्छ । छालाका घाउ–खटिरालाई निको पार्छ । यसको नियमित सेवन गर्नाले तोते बोल्ने बच्चाहरुको लागी अत्यन्त फाइदा गर्छ
डा. यञ्जन गैह्रे
पायल्समा ध्यान दिनुपर्ने कुराहरु
– प्रशस्त पानी पिउने (१ घण्टा = १ गिलास)।
– हरियो सागपात काँचै खाने, फलफूलको जूस र फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
– दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग- आसन, रिड व्यायाम, अंग व्यायाम आदि ।
– हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने । शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
– चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने । शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी÷जैतुनको तेल गुहद्वारमा लगाउने ।
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती जर्दा जस्ता चिजको सेवन नगर्ने ।
के खाने ?
गहुँको चोकर सहितको रोटी , जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला , गाजर, पालुँगो, मूला, करेलाको रस , धनियाका रसमा मिस्रि मिलाएर खाने । पानी धेरै पिउने । हरियो सागसब्जी, सलाद आदि खाने ।
के नखाने ?
तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि नखाने ।
पायल्समा भोजन एंव पोषण तालिका
बिहान ५.३० बजे : पानी २ गिलास, लसुनको केशरा २, ३ वटा खाने ।७.०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाईएको ) खाने ।
बिहान १०.११ बजे : रातो चामलको भात १०० ग्राम : दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो) ।
तरकारी ३०० ग्राम जस्तै सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने । सलाद २०० ग्राम जस्तै काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।
दिउँसो ३.०० बजे
कुनै एक– गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फापर, कोदो, मकैको रोटी पनि खान सकिन्छ, अथवा हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक खाने ।
बेलुका ८.०० बजे:
गहुँको सुख्खा रोटी २, ३ वटा । तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने)नोट : पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने । हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने। खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने ।
नोटः- रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २०–४०% र हरियो सागसब्जी+सुपको मात्रा ६०-८०% हुनु जरुरी छ ।
To bring the glow in the skin and to remain young separate 5 minutes per day.
– Masoor Lentil:
Make a powder of the masoor lentil and keep it on a bottle and wash the face with this powder that will make your skin white and clean.skin
-Cucumber:
The people who has oily skin should wear the juice of the cucumber in the face and keep it for 10 minutes and if you wash your skin with cold water and you are tired of oily skin than this will work as astringent and makes your skin tight.
– Tomato:
If the skin gets oily or the black spots is seen than make a paste of tomato and put in on your face and keep it for 20 minutes and wash your face with water this will be beneficial for your skin as well as the spots gets away and you will get the clean and beautiful skin.
– Turmeric:
Mix the raw turmeric and curd and make a paste of it and before bathing put it on your body. This massage will make your skin soft and you will get white and clean skin.
– Potato:
If you have dark circle around your eyes than cut the potato and apply it on those black area. Using this regularly will end those dark circle and it will be clean.
– Honey:
Honey is also known as natural moisturizer. If you have dry skin than in every night mix the honey and the layer of the milk and apply it in your face and keep it for 20 minutes this will be very beneficial as well as you will get the soft and glow skin.
– Egg:
The luster of the face will be increased using the egg. If you have dry skin than apply the yellow part of the egg two times a week in your face and if your skin is oily than apply the white part. This will make your skin tight. – Papaya: The enzyme found in papaya will remove the dead cells of the skin and the new cells is formed and make the skin smooth. Using the paste of papaya will remove all the blemishes of the skin.
– Lemon:
Lemon plays an important role to increase the beauty of the skin. Using the lemon in the oily skin will remove the scars and makes the skin clean. If your skin is dry than add the layer of the milk in the lemon and apply it on the skin you will get the soft and smooth skin and all the dirt gets out of the skin. Lemon is natural bleach so applying it daily will make your skin white and clean.
काठमाडौँ । कजुको प्रयोग विशेष गरी मिठाई र तरकारीको ग्रेवीलाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । काजु बाट बनेका धेरै प्रकारका मिठाई बजारमा देख्न पाईन्छ । यसको प्रयोग बाट बनेका मिठाई निकै स्वादिष्ट हुने गर्दछ । स्वादका साथै सुखानै पनि काजु खाने गरिन्छ । काजुको सेवन हाम्रो शरीरलाई निकै फाइदाकर हुन्छ ।काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।
१. काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ
२. कजुमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ
३.काजुमा रहेको एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन जस्तो तत्व भएकाले क्यान्सरबाट बचाउन मदत गर्दछ
४.काजुको नियमित सेवनले डिप्रेसनबाट बचाउछ ।
५.नियमित बिहानै खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ
६.काजु नियमित खानाले शरीरमा युरिक एसिड हुन दिँदैन
७. काजु नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ डायबेटिज नियन्त्रण गर्छ
घ्युकुमारीको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।
एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ ।
एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।
यस्तो छ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू‘
– प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।
– दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
– एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।
– एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।
– एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।
– एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।
– एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।
तुलसी त्यस्तो जडीबुटी हो, जुन सजिलै जतातातै पाइन्छ । तुलसीमा एक-दुई मात्रै होइन कयौं औषधिका गुणहरु छन् । यसको सेवन सबै उमेरका मानिसका लागि फाइदाजनक हुन्छ । भिटामिन, र खनिज तत्वले भरिपूर्ण तुलसीको प्रयोग गर्भावस्थामा पनि त्यत्तिकै लाभदायक छ । तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन । यसमा एन्टी फंगल गुणहरु पनि हुन्छ । खतरनाक खालका रोगहरुसँग लड्न पनि यसले सहयोग गर्छ । महिलाहरुको गर्भावस्थाको समयमा यो एक ‘सुपरफुड’ नै सावित भएको छ ।
गर्भावस्थामा तुलसीको प्रयोग किन ?
रक्तअल्पता रोक्न: गर्भमा बच्चा भएका बेला एमिनिया अर्थात रक्तअल्पता हुने खतरा बढेर जान्छ । गर्भावस्थामा जुन महिलामा रगतको कमी हुने समस्या हुन्छ, तिनलाई अअन्य अनेक प्रकारका संक्रमणको पनि डर हुन्छ । यस्तो बेलामा गर्भवती महिलाले केही तुलसीको पत्ता दैनिक खानु लाभदायक हुन्छ । यसले शरीरमा रातो रक्त केशिकाको वृद्धि गर्छ । यसले शरीरमा रगतलाई सन्तुलित बनाउन सहयोग पुर्याउँछ । थकान हटाउन: गर्भमा शिशु हुर्किरहँदा शरीरमा थकान महसुस हुनु समान्य हो । गर्भवती महिलालाई यस्तो थकान हटाउनका लागि तुलसी उपयोगी हुन्छ । यसले गर्भवती को शरीरमा उर्जा भर्ने काम गर्छ, जसले विहानको समयमा लाग्ने रिंगाटाबाट पनि टाढा राख्छ ।
पोषण सुधार्न: गर्भावास्थामा पर्याप्त पोषकतत्व आवश्यक पर्छ । तुलसीमा पाइने भिटामिनले यसको पूर्तिमा सहयोग गर्छ । खनिज तत्वले पनि शरीरमा पोषकीय स्याहार गर्छ ।
गर्भको विकास गराउन: गर्भमा हुर्किरहेको बच्चालाई पनि तुलसीको प्रयोगले फाइदा हुन्छ । गर्भमा शिसुको शारीरिक विकासमा तुलसीमा हुने सयौं पोषकीण गुणले लाभ पुर्याउँछ । बच्चालाई स्वस्थ राख्न गर्भवती महिलाले उचत मात्रामा तुलसी सेवन गर्नु उत्तम हुन्छ ।
रोगबाट बच्न: गर्भावस्थामा तुलसीको प्रयोगले सयौं प्रकारका बिरामी र संक्रमणलाई टाढा राख्न मद्धत गर्छ । तुलसीमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणहरु पनि हुन्छन । यसले गर्भवती महिला र गर्भको शिशुलाई रोगको शिकार हुनबाट जोगाउँछ । धेरै गुणहरु भएको तलसीको प्रयोग गर्भवती महिलाले अत्याधिक मात्रामा भने गर्नुहुँदैन । यसको अनियन्त्रित अन्य स्वास्थ्य समस्याहरु उब्जन सक्छन ।
शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलके तपाईको ताैल घटाउनु छ? उपायहरु भन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ । मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन् । मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, हृदयघातजस्ता रोगहरुलाई कम गर्न सकिन्छ ।
मोटा व्यक्तिहरुले जीवनशैली परिवर्तन गर्दा शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ । १) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १÷२ देखि १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन । २) उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।
३) बिहान–बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ । सूप खाएपछि पेट चाँडै भरिन्छ । अरू खाद्यपदार्थ कम खाइन्छ । सूपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्यपदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ । ४) दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । एकै पल्ट धेरै खाना खानु उचित हुँदैन । ५) भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।
६) बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्तहुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ । ७) तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ । ८) डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन् । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ ।
तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ ।
हिजोआज करेलाको सिजन सुरु भएको छ । खादा कति पयलाई करेलाको तितो स्वाद मन
पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा
नपर्नु भन्दा स्वास्थ्यका हिसावले कस्ता खाले मानिसले करेलाको सेवन गर्नु
हुन्छ भनेर सामान्य जानकारी राख्नु अत्यावस्यक छ । करेला एन्टिअक्सिडेन्ट र
भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि,
फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । तितो
करेलामा पाईने यस्ता तत्वहरु हाम्रो शरिरमा निक्कै महत्वपूर्ण भूमिका
खेल्छन् । केहि रोगीका लागि त करेला सेवन लाभदायक छ । आज करेलाका ९ फाईदाका
बारेमा चर्चा गरौं ।
श्वासप्रश्वास समस्यामा
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि अत्यन्तै लागदायक हुन्छ ।
लिभर टनिक
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । तर, अहिले
खाएर भरेनै यसको असर खोज्नुभयो भने तपाई गलत साबित हुनुहुने छ । यसले
स्वास्थ्यमा पारेको सकारात्मक असर बुुझ्न कम्तीमा पनि एक साता करेलाको जुस
पिउनुु पर्ने हुन्छ ।
रोग प्रतिरोधक
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
डण्डीफोरमा
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा
भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा
खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
मधुमेह
करेलाको
जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन
चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ ।
हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा
विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा
टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् ।
किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले
किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि
इन्सुलिनको जस्तै काम गर्छन, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत
गर्छन् ।
कब्जियतमा
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
छालाको समस्यामा
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित
बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले
चाउरीपना हटाउछ ।
मिर्गौला र ब्लाडर
यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
मुटुको रोग
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब
कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र
घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
तौल घटाउन
यसमा
भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन
प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
सामान्य तया भोजनलाई स्वादिलो बनाउने एक किसिमको फल खुर्सानी हो । पीरो स्वाद हुने खुर्सानीले भोजनमा स्वादिष्ठता थप्ने गर्छ । आम नेपालीले खुर्सानी स्वादका लागि खाने गर्दछन् । नेपालमा धेरै थरीका खुर्सानी पाइैने गर्दछ । जस्तै : डल्ले, अकबरे, ज्यानमारा, जिरे, आकाशे आदि । खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ । पीरो मन पराउनेको लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । हामी धेरैले खुर्सानी स्वादका लागि नै प्रयोग गर्ने गरेका छौं ।

जिब्रोको स्वादका लागि हाम्रो भान्छामा प्रवेश गर्ने खुर्सानीले सामान्य बुझाईमा पिरोले असर गर्छ भन्ने लाग्छ । तर यही खुर्सानीले स्वास्थ्यको लागि कति लाभदायक छ भन्ने बुझ्नु पनि आवश्यक छ । खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ । त्यस्तै हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ ।
भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ । हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ । भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ । कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् । हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ ।
त्यस्तै खुर्सानीले डन्डीफोर पनि आउन दिँदैन । खुर्सानीमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ । पिसावको विरामीलाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउँछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
अनियमित दिनचर्या र खानपानका कारण हिजोआज उच्च रक्तचाप (ब्लड प्रेसर)को समस्या सामान्य भइसकेको छ । अझ ग्रामिण क्षेत्रको तुलनामा शहरमा यो समस्याबाट पीडित हुनेहरु धेरै नै छन् । उच्च रक्तचापका बिरामीहरुलाई रिंगटा लाग्ने, काम गर्ने जाँगर नचल्ने, निन्द्रा नलाग्ने लगायतका समास्या हुन्छ । उच्च रक्तचापका कारण हृदयघात हुने सम्भावना पनि हुने हुँदा सचेत हुनु आवश्यक छ । यसर्थ केही घरेलु उपचार सावधानीपूर्वक अपनाइए उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । निकै सावधानी र संयमपूर्वक यी उपाय अपनाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुहोस्

नुनको कम प्रयोग
नुन उच्च रक्तचाप बढाउन मध्ये सबैभन्दा प्रमुख कारक हो । यसर्थ सबैभन्दा राम्रो यो हुन्छ की उच्च रक्तचाप पीडितले नुनको प्रयोग कम मात्रामा गर्नुहोस् ।
लसुन
उच्च रक्तचापको एक प्रमुख कारण रगत गाढा हुनु हो । रगत गाढा हुँदा रक्त प्रवाहमा सुस्तता आउँछ । यसले धमनी र टाउकोमा दबाब बढ्छ । लसुनको प्रयोग उच्च रक्तचाप नियन्त्रण र निको पार्न मद्दत गर्ने एक घरेलु उपाय हो । यसले रगतलाई बाक्लो हुन दिँदैन । धमनीप्रति पनि लाभदायक हुन्छ । कोलेस्ट्रोल हुने सक्ने स्थितिलाई लसुनले समाधान गर्छ ।
प्याज
प्याजको नियमति सेवनले उच्च रक्तचापलाई नियन्त्रणन राख्छ । यदी तपाईंलाई उच्च रक्तचाप भइहाले तुरुन्त प्याज खानुहोस् । प्याज खानाले शरीरमा कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण राख्छ । यसमा क्योरसेटिन पाइन्छ, यो एक यस्तो अक्सिडेन्ट फ्लेनेवल हो जसले मुटुको बिरामीलाई बचाउँछ । प्याज खाना र सलादको साथमा खान सकिन्छ ।
अदुवा
प्याज र लसुन जस्तै अदुवा सेवन पनि उच्च रक्तचापका लागि निकै फाइदाजनक हुन्छ । अदुवा खानाले रक्त प्रवाहमा अवरोध हुन दिँदैन । अदुवामा धेरै ताकत दिने एन्टी अक्सिडेन्ट हुन्छ । यसको सेवनले रक्तसञ्चारलाई सुधार गर्ने काम गर्छ । धमनीको आसपासको मांसपेशीलाई आराम दिन्छ ।
कागतीको रस र तिल
कागतीको रसले हृदयघात हुन दिँदैन । एक–एक चम्चा मह, अदुवा वा कागतीको रस पानीमा मिलाएर हप्तामा दुईतीन पटक पिउँदा उच्च रक्तचापको बिरामीका लागि निकै फाइदा हुन्छ ।
यस्तै तिलको सेवनले पनि रक्तचापलाई सामान्य अवस्थामा राख्छ । तिलको तेल चामलको चोक्करसँग खाएमा रक्तचापलाई नियन्त्रण गर्ने सबैभन्दा उत्तम औषधि हो ।
खरबुजाको बीऊ र आलस
खरबुजाको बीउ भित्रको दानालाई मिसेर दैनिक साँझ बिहान एक चम्चा खाली पेटमा एक महिनासम्म खाएमा उच्च रक्तचाप रोगीलाई निकै फाइदा पुग्छ ।
यस्तै आलसमा अल्फा लिनानेलिक एसिड भरपूर मात्रामा पाइन्छ । यो एक प्रकारको ओमेगा ३ फाइटी एसिड हो । केही अध्ययन अनुसार जुन व्यक्तिलाई उच्च रक्तचापको हुन्छ, उसले आफ्नो आहारामा आलसको बन्दोबस्त गर्न थाले हुन्छ । यसमा कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ । यसको सेवनले रक्तचाप पनि कम हुन्छ ।
हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरिव भन्दैन । यो रोगले उमेर पनि भन्दैन । सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छुँ भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ ।
हार्टअट्याक पूर्व जानकारी अर्थात घोषणा गरेर आउने रोग होइन । र हार्टअटयाकले आक्रमण गर्यो कि मानिसहरुले यसबाट बच्न अनेक संघर्ष गर्नु पर्ने हुन्छ । यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाई सँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ ।
तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आक्तिनु र हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । र त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ ।
खोक्ने तरिका
खोक्नु भन्दा पहिले ठूलो स्वाश लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाई आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।
प्रत्येक २ सेकेण्डमा नविराइकन श्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ ।
गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ ।
यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको पे्रशर अर्थात दबाबले तपाईको मुटुको धडकनको गतिलाई ब्यालेन्समा ल्याउन मद्धत पुर्याउँछ । डाक्टर नआइपुगुनजेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ ।
मुटुरोग बिशेषज्ञहरु ग्यारेनटीका साथ भन्छन्, "यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा, कमसेकम एक जनाकोे ज्यान बचाउन सकिन्छ ।"
किशोरावस्थामा पुगेपछि मानिसमा यौन इच्छा जागरूक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरू विद्यमान छन् ।
अहिलेसम्मका खोज अनुसन्धानहरुको निष्कर्षमा के भन्न सकिन्छ की पुरूषको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारीको समयअनुसार फरक फरक हुन्छ । यौन तथा प्रजनन् विज्ञहरुका अनुसार महिलाको महिनावारी भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो ।
बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय हो । यसको कारक तत्व भने रागरसहरूको उत्पादन र त्यसको प्रभावलाई नै मानिएको छ । केही केटीहरूमा किशोरावस्थाको पूर्वावस्था ( १०–१४ वर्ष) मा यौनचाहना सुषुप्त रूपमा रहन्छ भने मध्य किशोरावस्थामा ( १५–१७ वर्ष ) यौन चाहना पूर्ण रूपमा सक्रिय हुने हुन्छ ।
तर यही उमेरका किशोरहरू भने किशोरीहरूको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध बिस्तारतिर ध्यान दिने भएकाले समाजमा केटाभन्दा बढी केटीको यौनचाहना बढी हुन्छ भने धारणा छ । हाम्रो समाजमा यस अवस्थाका केटीहरू आफ्नो चाहना पूर्ण रूपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरू आफ्नो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रूपमा आफ्नो इच्छालाई अगाडि आउन दिदैनन् ।
१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरू शृगार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफा सुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरू गर्ने गर्दछन् । समय परिस्थिति र आफू बस्ने समाजको मूल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरूमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।
- पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।
- पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन ।
- आफूसंग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन ।
- यौन प्रसारित संक्रमणहरु महिलाले पुरुषमा सार्नेभन्दा पुरुषले महिलामा सार्ने क्रम वढी हुन्छ किनकी यौन सम्पर्क राख्दा युवतीको योनीस्राब पुरुषमा जाँदैन तर पुरुषको वीर्य महिलाको योनीमा जान्छ । महिलाको योनीमा घाउ भएमा त झन् चाँडै नै यौनरोगका किटाणु रगतमा पुग्छन् ।
यौन प्रसारित संक्रमणहरु र एच.आई.भी. बाट बच्नका लागि संधै कन्डम प्रयोग गर्नुपर्छ तर गर्भवती हुनबाट वा यौन प्रसारित संक्रमणहरुबाट बच्ने सबैभन्दा सचिलो उपाय भनेको यौन सम्पर्क कायम नगर्नु नै हो ।
हेटौँडा–४ की आश्मा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनलाई बजारका विभिन्न रेष्टुँरा चाहार्ने र साथीसँग रमाउने रहर छ । सानै उमेर भएपनि एन्ड्रोयड मोबाइल र पल्सर मोटरसाइकल उनको ‘फेभरेट’ हो भन्दै थिइन् छेवैको साथीसँग । अचम्म त के हो भने कलिलै उमेरमा उनले दुई सर्को चुरोटको धुवाँ फुंग उडाउन जानिसकेकी छन् ।
कम्मरका पातलो भाग देखिने गरी फेसनेवल कपडा लगाएकी आश्मा र उनका साथी सबै रमाइलो गर्न र बाहिर हिँड्न माहिर छन् भन्ने उनीहरुको हाउभाउले प्रष्ट पारेको छ । उनीहरुको गफ सुन्दा लाग्थ्यो, बाहिरी हावापानीले उनीहरुलाई धपक्कै समाएको छ । गफिँदै गर्दा आश्माको मोबाइलमा फोन आउँदा उनले भनिन्, ‘ओई हेर त त्यो’ को छोरोले फोन ग¥यो ।’ उनको साथीले थपिन्, ‘त्यसको फोन नउठा है ।’ तर आश्माले फोन उठाइन् । कुरा निकै ‘भल्गर’ थियो । परिवर्तनशील समयमा सबै पचाउन सक्नुपर्ने बाध्यता छ । केहीबेर निकै यौनजन्य वातचितपछि आश्माले फोन राखिन् ।
‘के भो त कुरा गर्दा, लभ गरिन्नँ, यसो रमाइलो त हो नि,’ उनी खिस्स हाँसिन ् । कोल्टे परेको दाँत देखियो । ‘सौराहा जाउँ भन्दै छ त्यसले,’ सुनाउन नभ्याउँदै साथीले भनिन्, ‘कहिले जाने हो र ?’ ‘आजै हो, अब जाने, भोलि आउने, दाम पनि, रमाइलो पनि, बालै भएन,’ आश्माको जवाफ भो । साथीले भनिन्, ‘औषधि चैँ लैजा है ।’ ‘त्यो त अलरेडी झोलामै छ,’ आश्माले जवाफ फर्काइन् । भनिन्, ‘कन्डममा मजा आउँदैन, के गर्नु दुवैलाई मजा आउनै प¥यो ।’ साथीले भनिन्, ‘ल–ल पैसावालसँग मस्ती गरेर आइज भन्दै थपिन्, ‘आएपछि ‘ट्रिट’ चाहिन्छ नि ।’
हेटौँडा बजार विस्तारै सेक्सका लागि खुला बन्दैछ । काठमाडौँबाट चार घण्टामा पुगने र चितवनको सौराहा अनि वीरगन्जबाट पनि नजिक रहेकाले हेटौँडामा ‘घरानियाँ सेक्स’ पनि फस्टाउँदो छ । घरमा साथीसँग घुम्न वीरगन्ज, सौराहा, उस्तै परे जनकपुर या काठमाडौँ भनेर हिँडेकाहरु सौराहा, पोखरा, मार्खु र काठमाडौँमा भेटिने गरेका छन्, त्यो पनि नपत्याउँदो उमेरका पुरुषसँग । सेक्सको कारोबार बढ्दै जाँदा ग्रामीण भेगबाट आएका अनि हेटौँडालाई सपनाको सहर बनाएकाहरु भने विस्तारै कुमारी आमा होलान् कि भन्ने समस्या पनि थपिएको छ । त्यो पनि आश्माजस्तै सेक्सको मजा कण्डमविना लिने लालसामा ।
कण्डमको विकल्पमा अहिले क्याप्सुल, ट्याब्लेट आउने गरेको छ । सेक्स गरेको ७२ घण्टाभित्र खाए हुने भनिएकाले यसमा पुरुष भन्दा बढी महिला, त्यसमा पनि युवती आकर्षित छन् । उनीहरु कण्डमको झन्झटबाट मुक्त हुन खोजिरहेको देखिन्छ । अहिले सबै यस्तै औषधिले बजारका मेडिकल स्टोर्स भरिएको छ । ‘कण्डम कम बिक्न थालेको छ तर ७२ घण्टे औषधिको माग अधिक रहेको छ,’ हेटौँडा, राप्ती रोडका एक मेडिकल सञ्चालकले भने । थपे, ‘भाइ, यहाँ बसेर हेर न, कस्ता कस्ता आउँछन् औषधि लिन पनि, अचम्म लाग्छ मलाई त ।’ उनले फेरि भने, ‘अब त १३ वर्षमाथिका सबै सेक्सका लागि तयार भइसकेझैँ लाग्छ, औषधि किन्न आएको देख्दा ।’ अधिकमात्रामा बाहिरबाट कलेज पढ्न आएका र हेटौँडा बजार क्षेत्रमा देखिएका युवती नै औषधि लिन आउँने गरेको उनले जानकारी दिए ।
यौनसम्पर्क गरेको ७२ घण्टाभित्र खाने विभिन्न प्रकारका औषधि किन्न अहिले पुरुष भन्दा पनि युवती बढी आउने गरेको उनले जानकारी दिए । केही दिनअघि औषधि लिएर गएका पनि केही पछि औषधिले भएन भन्दै आउने पनि रहेको उनले बताए ।
औषधिको प्रयोग गर्न नजानेर गर्भवती बनेर आउनेको संख्या अधिक रहेको हेटौँडा अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. रामकाजी महर्जनले बताए । उनले भने, ‘औषधि खाएको भएन सर भन्दै आउनेको संख्या हेर्दा अचम्म नै लाग्छ ।’ डा. महर्जनका अनुसार अहिले औषधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ । बजारका सबै मेडिकलमा पाइनुले पनि समस्या सिर्जना भएको छ । उनका अनुसार औषधिमा भनिए अनुसार नखाँदा युवती गर्भवती हुने क्रम पनि बढेको छ । औषधि बेच्ने पनि जानकार नभएको र उनले दिँदा खाने समयबारे जानकारी नदिँदा दैनिकजसो औषधि खाँदा पनि गर्भ रहेको भएको भन्दै आउने युवतीको संख्या बढेको हो ।
बजारमा यौनसम्पर्क गरेको ७२ घण्टासम्म औषधि खाँदा गर्भवती भइन्न भन्ने विभिन्न प्रकारका औषधि पाइने गरेका छन् । जसमा इकोन, ७२ आवर्स, आइपील र अनवान्टेड नामको औषधि अधिक मात्रामा प्रयोगमा आउने गरेको बताइएको छ ।
राजन दाहाल
राम्रो लगाउने र मिठो खाने मानिसको स्वभावनै हो । खाना मिठो र स्वादिलो हुनुपर्छ हामीलाई त्यति भए पुग्छ तर त्यो हामीले खाएको खाना हाम्रो स्वास्थ्यको लागि उपयोगी छ छैन हामी कहिले पनि विचार गर्दैनौ। शरिर सधै फुर्तिलो र बलियो बनाउनको लागि हामीले खानामा राम्रो तेलको प्रयोग गर्नु पर्छ।
नरिवलको तेल
नरिवलको तेल मोटोपना घटाउन उपयोगी मनिन्छ । नरिवलमा पाईने फ्याट्टि एसिडले मेटाबोलिजम बलियो पार्दछ जसको कारण अनावश्यक मोटाईदैन। नरिवलको तेलले दिमाग सम्बन्धी समस्या पनि हटाँछ भने यसले छाला पनि नरम र मुलायम पार्दछ। पुरानु घाउको खत अथवा डोभहरु पनि नरिवलको तेलले हटाउँदछ।
भाङको बियाँको तेल
भाङमा ओमेगा फ्याटि एसिड ३,६ र ९ पाईन्छ। सोधका अनुसार भाङको तेलले मुटुलाई स्वास्थ्य र बलियो बनाउँदछ। मुटु स्वास्थ्य हुनु भनेको हामी पनि बलियो हुनु हो । भाङको तेलले ,कपाल चम्किलो र बलियो बनाउँदछ र नङ पनि बलियो बनाउँदछ । यसको तेल छालाको लागि पनि निक्कैनै राम्रो मानिन्छ ।
नाशपातीको तेल
नाशपातीमा भिटामीन ई जस्तो एन्टिअक्सीडेन्ट पाईने हुँदा यसले हाम्रो शरिरमा भएको नचाईने बोशो जम्न दिँदैन ,जसको कारण हाम्रो तौल पनि घट्दछ । नाशपातीको तेलको प्रयोग गर्नाले हाम्रो छाला नरम त पार्छ नै यसमा उचित मोस्चराइजर पनि पाईन्छ ।
माछाको तेल अर्थात ओमेगा ३ फिस ओईल
माछाको तेल मुटु र दिमागको लागि निक्कै नै प्रभावकारी मानिन्छ। माछाको तेलमा ओमेगा ३ प्रशस्त रुपमा
फर्सीको बियाँको तेल
यसको तेल महिला र पुरुष दुबैको लागि निक्कै नै उपयोगी मानिन्छ। यसको तेलको प्रयोग गर्नाले महिलामा हुने महिनावारीको समस्या पनि कम हुने सोधले बताएको छ। यसमा पाईने एन्टीअक्सिडेन्ट जस्तै प्रोटिन ,म्याग्नेसियम जस्तो तत्व पाईने हुँदा यसको सेवन स्वास्थ्यको लागि राम्रो हुन्छ। फर्सीको बियाँ यतिकै खाँदा पनि राम्रो मानिन्छ।
अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक पार्छ ।
कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ
वैशाख
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेठ
जेठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ ।
असार
असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ ।
साउन स् साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो
भदौ
यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् ।
असोज
असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् ।
कात्तिक
कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् ।
मंसिर
यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू विस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ ।
पुस
पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् ।
माघ
माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् ।
फागुन
फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत
यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् ।
तपाई नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।
डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।
ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ’हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाका बारेमा थाहा हुनु जरूरी हुन्छ ।’
मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौ महिला तथा पूरूषसँग यसविषयमा सोध अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्राय ४० देखी ५० वर्षका उमेरका महिला तथा पुरूषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागे अनुसार जति मानिसहरू डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए उनीहरुले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।
उनीहरू हप्तामा कम्तिमा ३ पटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन् जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्वपूर्ण पाटो हो ।
किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?
- सेक्सका क्रमा एण्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ र यसले तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।
- सेक्स एक व्यायाम जस्तै हुन्छ, जसले रक्त सञ्चार बढाउँछ, र यसले शरिरलाई फाइदा पुर्याउँछ । शरिरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईको छालामा समेत चमक आउँछ ।
- सेक्सका क्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।
-सेक्सले तपाईको थकाईलाई समेत कम गराउँछ र मिठो निन्द्राको आनन्द लिन सक्नुहुन्छ ।






















