मुटुका रोगहरु सँग सम्वन्धित अत्यन्त महत्वपूर्ण जानकारी
सम्पूण् मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ
हिजोआज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ ।उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ।मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरु ।
यसकारण जीनवशैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा' धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फलाग्न जरुरी छ ।
सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाई, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्दछन् । सम्झन सजिलो होस् भनी जीवनशैलीलाई आहार, विहार र विचार गरी तीनवटा पक्षमा विभाजित गरेर हेन सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवन शैली हो । यो कस्तो हुनुपर्दछ भन्नेबारे तल वर्ण्र्ाागरिएको छ ।
आहार (भोजन) कस्तो हुनुपर्दछ
१. घ्यू-तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
२. नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।
३. बिहान-बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।
४. बेलुकीको खानामा २-३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८.०० बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन, कम्तीमा दुइ घण्टापछि मात्र सुत्नुपर्छ ।







0 comments
Write Down Your Responses