‘कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको’


 गोविन्द प्रसाद उपाध्यायको शब्द रहेको ‘कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको’ गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका हुन् । गीतमा जिन्दगीको मिलन र बिछोडलाई देखाइएको छ । सार्वजनिक गरिएको यो गितमा रन्जन रिजाल र झरना बज्राचार्य देखिएका छन् । गीतमा स्वर अहिलेकी व्यस्त गायिका अन्जु पन्तको रहेको छ भने संगीत बिक्रम थापाले दिएका छन् । धेरै अघि टेलिभिजन तथा सीआरबिटी लोकप्रिय भैसकेको यो गीतको भिडियो युटुबमा भने हाल मात्र सार्वजनिक गरिएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.