एजेन्सी, जसरी अंगुरको सुख्खा रुप किसमिस स्वास्थ्यको लागि धैरै फाइदा हुन्छ त्यसरी नै खजूरका सुख्खा रुप छोकडा पनि शरीरको लागि फाइदै फाइदा हुन्छ। छोकडामा भरपुर मात्रामा पौष्टिक तत्व रहेको हुन्छ।
यसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक मात्राको फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम पाउन सकिन्छ। यसको प्रयोगले मानिसलाई लाग्ने क्यान्सर, मुटुसम्बन्धी रोग निको हुन सक्छ। यसका साथै वजन कम गर्न पनि मद्दत गर्नेछ।
यस्तै यदि यसको प्रयोग दूधमा उमालेर गरेमा झन मानव शरीरको लागि फाइदै फाइदा हुनेछ। किनकी यसमा भिटामिन ए,बी पाउन सकिन्छ। यका साथै छोकडाले शरीरमा सेल्सको निर्माण गर्न मद्दत गर्छ। यसबाट पाइने म्यानेसियमले शरीरमा रहेको सुगरलाई नियन्त्रण गर्ने गर्दछ। जसको कारण मानिसलाई डायबेटिज हुनबाट बचाउँछ।
यतिमात्रै नभएर। यसमा डाइट रुपी फाइबर हुने गर्दछ जसले शरीरको पाचन प्रणालीलाई नियमितता कायम गराउने गर्दछ। छोकडालाई दूधमा मिलाएमा यसमा पोटासियमको मात्रा धेरै हुन्छ जसले खादा पेट दुख्ने समस्या समाधान हुन्छ भने डारिया रोक्नेमा समेत काम गर्छ।
यदि तपाई शरीरको हड्डी बजबुद बनाउन चाहनुहुन्छ भने दूधमा छोकडा उमाएर सेवन गर्नुस् जसले तपाईलाई फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम प्रदान गर्दछ। यी सबैले तपाईको हड्डीलाई निक्कै मजबुदी बनाउछ।
यसअघि भाइबरले भूकम्पका बेला पनि नेपालीहरुलाइ निःशुल्क फोन सुविधा दिएको थियो।
भाइबरले मोबाइलबाट ल्याण्डलाइनमा फोन गर्दासमेत निःशुल्क हुने जनाएको छ। उसले भनेको छ – ‘भाइबरबाट कल गर्दा तपाइँको मोबाइलमा इन्टरनेट कनेक्सन हुन भने जरुरी छ। डाटाको अथवा वाइफाइको शुल्क लाग्न सक्छ।’
कुन कुन देशमा नि:शुल्क ?
अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्रुनइ, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यानमार, नेपाल, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, ताजकिस्तान, थाइल्याण्ड, टर्की, दुबई, बेलायत, अमेरिका र भियतनाममा नि:शुल्क फोन गर्न सकिने भाइबरले जनाएको छ।
Amplifiers to the 52 countries free phone offer is brought. From next Tuesday on September 3 amplifiers for up to 8 o'clock to 10 o'clock in the middle of the night to offer free phones are brought.
ग्रह, नक्षत्र, बार तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्
१. बैशाख महिनाः
बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
२. जेठ महिनाः
जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
३. असार महिनाः
यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
४. साउनः
साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
५. भदौः
भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।
६. असोजः
यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
७. कार्तिकः
यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
८. मंसिरः
यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
९. पुसः
यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
१०. माघः
यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः
यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
१२. चैतः
यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् । (एजेन्सी)
साताका ७ दिनको अर्थ र प्रभाव फरक फरक मानिएको छ । जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् ।
उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् । मंगलबारः पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ ।
दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् । बुधबार पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् । विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् । शुक्रबारः पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो ।
यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् । शनिबारः पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् विदेशमा हुने र तीव्र यौनचाहनाका कारण पत्नीहरु सेक्स पार्टनर खोज्नतर्फ लाग्नाले पनि पति–पत्नीबीच सम्बन्धविच्छेद र धनसम्पत्तिको नोक्सानीजस्ता भयावह परिस्थितिहरु निम्तिने गरेको पाइएको छ । केही समयअघि बेलायती आर्मीकी श्रीमती आफू नियमित चढ्ने ट्याक्सीको ड्राइभरसँग भागेको समाचार प्रकाशमा आएको थियो । झन्डै ६० लाखको हाराहारीको सुनचाँदी र पैसा लिएर श्रीमती फरार हुनुको स्पष्ट कारण शारीरिक सम्पर्क नै भएको खुल्न आएको थियो ।
त्यस्तै वैदेशिक रोजगारीमा दुबई गएका राम नेपालले पनि माथिको जस्तै नियति भोग्नुपरेको छ । आईटीमा एमएस्सी गरी टेक्निकल सेक्टरमा काम गर्न दुबई गएका उनी डेढ वर्षमा घर फर्किए । घर आएर आफूले कमाएको सम्पत्ति बारे पत्नी सँग सोध्दा एक व्यापारीलाई ब्याजमा लगाएको र चाँडै माग्ने उनले बताइन् । एक दिन माइत जान्छु भनेर हिँडेकी श्रीमती माइत नपुगेको जानकारी पाएपछि श्रीमान्ले प्रहरीमा उजुरी गरे । प्रहरीले अनुसन्धान गर्दा उनकी श्रीमती कुनै मोहित नामको केटा सँग विवाह गरी भारत पलायन भएको खुल्न आयो ।
यस्तै श्रीमान् वैदेशिक रोजगारीमा गई पैसा कमाएर आए पछि बाहिरै गर्लफ्रेन्ड बनाउने अनि कमाएको सम्पत्ति पनि गर्लफ्रेन्डकै लागि खर्च गरी अन्त्यमा उसैसँग विवाह गरी भएकी श्रीमतीलाई मानसिक यातना दिएर डिभोर्स दिन दबाब दिनेसम्मका घटनाहरु पनि प्रशस्तै भेटिन्छन् । यसबाट वैदेशिक रोजगारका कारण पति मात्र होइन पत्नी पनि पीडित छन् भन्ने प्रस्ट देखिन्छ । वैदेशिक रोजगारीका कारण श्रीमान्–श्रीमती सँगै बस्न नपाउनु, मान्छेका अरु आवश्यकताजस्तै यौनिक आवश्यकता तीव्र रुपमा बढेर गई आफ्नो सर्कल या चिनजानको मान्छेसँग यसै उद्देश्यले निकटता बढ्नु आदि कारण पनि सम्बन्धविच्छेदका कारक तत्त्व बनेका छन् ।
सम्बन्धहरुमा एक प्रकारका सीमा पनि हुन्छन् । सीमाहरुको ख्याल राखिएन भने सम्बन्धमा समस्या पनि आउन सक्छ । कतिपय युवतीहरुले भावनामा बगेर आफ्ना प्रेमी सँग सम्पूर्ण कुरा खोल्छन् । त्यसको असर नकारात्मक पर्ने गर्छ । केही कुराहरु युवतीहरुले आफ्ना प्रेमी सँग खोल्नै नहुने ४ कुराहरु ।
१ साथीको गोप्यकुरा यो सबै भन्दा महत्वपूर्ण कुरा हो । कहिले पनि आफ्नो ब्वाइफ्रेण्डलाई आफ्ना साथीहरुको गोप्य कुरा सुनाउनु हुँदैन । किन भने साथीहरुले आफ्ना गोप्य कुरा विश्वास गरेर भनेका हुन्छन् ।
२ पासवर्ड पासवर्डको कुरामा निक्कै सचेत हुनु पर्छ । कति पय युवतीहरुले भावनामा आएर आफ्ना पासवर्ड प्रेमी सँग शेयर गर्छन् । तर त्यो घातक हुन सक्छ । त्यसैले पासवर्डहरु कहिले पनि भन्नु हुँदैन ।
३ परिवारका कुरा आफ्नो परिवार भित्रका कुरा आफ्नो मनमा राख्नु नै उपयुक्त हुन्छ । किन भने कतिपय अवस्थामा भावनामा आएर प्रेमी सँग परिवारभित्रका कुरा शेयर गर्दा त्यसको परिणाम नकारात्मक हुन सक्ने खतरा हुन्छ ।
४ विगतको विषयमा यदि तपाइँ आफ्नो अघिल्लो सम्बन्ध वा कुनै ब्यक्तिगत कुरा गर्नु हुन्छ भने प्रेमीलाई सबैकुरा भन्नु राम्रो होइन । बताइहाले पनि पुरै कुरा बताउनु हुँदैन । यस्ता कुरा शेयर गर्दा पनि सम्बन्ध धरापमा पर्न सक्छ ।
एक अर्काप्रति आफ्नो भावना कहिले पनि नबदल्ने सोचेर नै कुनै पनि एक महिला र पुरुष विवाह बन्धनमा बाँधिने गर्दछन् । तर समयसँगै हामी परिवर्तन हुन्छौँ र हाम्रो सम्बन्ध पनि । सम्बन्ध स्थिर नै हुँदैन । परिवर्तनलाई आत्मसात गर्नसके मात्र मानिसहरुको सम्बन्ध सुमधुर हुने गर्दछ । यदि यसलाई नबुझेमा पुरै सम्बन्ध नै टुट्न सक्छ ।
विवाह केवल दुई व्यक्तिसँग जीवन बिताउने मात्र नभई एक अर्काबिच सुमधुर सम्बन्ध बाँध्ने मौका पनि हो । तर आज काल वैवाहिक बन्धनको उमेर कम भइरहेको छ र सम्बन्ध बिच्छेदको घटनाहरु निकै सार्वजनिक भइरहेका छन् । यसको पछाडि केहि ठोस् कारणहरु पनि रहेका छन् । जसरी समय सँगै व्यक्तित्वमा परिवर्तन आउने गर्दछ त्यस्तै गरि हाम्रो इच्छामा पनि परिवर्तन आउने भएका कारण हामी एक अर्काप्रति प्रेमको अभिव्यक्तिमा पनि परिवर्तन पाउने गर्दछौँ ।
हरेक वैवाहिक जीवनमा एकआपसमा झगडा हुने नै गर्दछ तर झगडाले सम्बन्धमा के असर पार्छ भन्दा पनि झगडाले के कुरा सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
समयसँगै बदल्ने गर्दछ प्रेम तर जब हामी प्रेममा पर्दछौँ त्यतिबेला त्यसलाई जीवनभरिको सुनिश्चितता मान्ने गर्दछौँ र यसलाई हामीले जीवनभरिको सुख र प्रशन्नताको ग्यारेन्टीको रुपमा लिने गर्दछौँ । हामी यस्तै भ्रमका कारण दुखी हुन्छौँ तर आफू दुखी भएकोमा अरुलाई दोषारोपण गर्ने गर्दछौँ । समय परिवर्तशील छ भन्ने उक्तीलाई आत्मसात गर्न नसकेका कारण धेरैजसो मानिसहरु दुःखी हुने गर्दछन् जसले प्रेम सम्बन्ध टुट्ने गर्दछ ।
घरघरमा खाइने गोलभेडाले खानालाई स्वादिष्ट बनाउने काम मात्र गर्दैन । अब त यसको पेष्टबाट तपाईंले आफ्नो महँगो गहना र किचनमा भएको भाँडाहरु पनि सफा गर्नसक्नुहुनेछ । गोलभेडालाई पिनेर यसलाई सफाई गर्ने काममा प्रयोग गर्नुहोस् र हेर्नुहोस् कि तपाईंको गहना र भाँडाहरु कति मज्जाले चम्किनेछन् ।
गहिरो दागलाई हटाउनका लागि तपाईंले गोलभेडामा थोरै मात्रामा नुन पनि प्रयोग गर्न सक्नुहुनेछ । गोलभेडामा एक प्रकारको रसायन हुन्छ जसले ब्लिचिङ एजेन्टको काम गर्ने गर्दछ ।
यदि गहना अथवा भाँडाकुँडामा गहिरो दाग लागेको छ भने तपाईंले कागतीको पनि प्रयोग गर्न सक्नुहुन्छ । आउनुहोस् थाहा पाऔँ, गोलभेडाको पेष्टको प्रयोग गरेर गहना र भाँडामा लागेको गहिरो दाग हटाउने तरिका
१.महँगो गहना सफा गर्नुहोस्
महँगो गहनालाई कुनै रसायनले सफा गर्नुभन्दा गोलभेडाको रसले सफा गर्नुभयो भने राम्रो हुन्छ । यो निकै प्रभावकारी हुन्छ ।
२. चाँदी चम्काउनुहोस्
चाँदीमा लागेको गहिरो दागलाई हटाउनका लागि गोलभेडामा पाइने एसिडले चाँदीलाई चम्काउँछ ।
३. तामालाई पनि चम्काउँछ
तामाको तल्लो भागमा गहिरो कालो दाग हुने गर्दछ जसलाई गोलभेडाको रसले सफा गर्दा दाग हटने गर्छ ।
खिया लागेको दाग हटाउनुहोस्ः
खियाको दाग यदि कपडामा लागेको छ भने गोलभेडाको पेष्ट त्यसमा लगाएर १५ मिनेटसम्म छोडिदिनुहोस् र त्यसलाई सफा पानीले धुनुभयो भने दाग सफा हुने गर्दछ ।
स्टिलको सफाई
स्टिलको ग्लासमा चिया खाँदा कालो दाग रहने गर्दछ । यसलाई सफा गर्नका लागि गोलभेडाको रसलाई सिधै उक्त दागमा राख्नुहोस् र यत्तिकै छोडिदिनुहोस् र केहि घण्टापछि यसलाई सफा गर्नुहोस् । (एजेन्सी)












