महिला अधिकारको लागि भन्दै खुला सडकमा आफ्नो गोप्य अंगहरु छुनको लागि अनुरोध गर्दै (भिडियो)

यदि तपाई बाटोमा हिड्दै गर्दा कुनै युवती अर्धनग्न अवस्थामा भन्छिन् कि तपाई उनका गोप्य अंगहरु छुन सक्नुहुन्छ । यस्तो अवस्थामा तपाईको प्रतिक्रया के हुन्छ ? यिन कुनै यौनकर्मी होइनन् न त कुनै कलाकार नै।
शरीरमा एउटा “मिरर बक्स्” बाँधेकी कहिले डुसेलडर्फको सडक मा त कहिले एम्स्टर्डम त कहिले लण्डनमा एउटा लाउडस्पीकर लिएर भनिरहेकी थ #2367;इन्, “तपाईहरु ३० सेकेण्डको लागि मलाई छुन सक्नुहुनेछ ।” बक्स् कहिले छातिमा बाँधीएको हुन्थ्यो भने कहिले कम्मर भन्दा मुनि । जसमा हात घुसारेर उनको गोप्य अंगहरुलाई समात्न सकियोस् । लाउडस्पीकरमा यस्तो तरिकाको घोषणा सुनेर आश्चर्य मान्दै त्यही ठाउँमा मानिसहरु रोकिएका छन्, अन्त्यमा एक-एक गर्दै मानिसहरु उनको गोप्य अंग छुन थाल्छन् । यस्तो कार्यमा पुरुष मात्र नभइ, महिलाहरुले पनि भाग लिएका थिए । डुसेलडर्फ र एम्स्टर्डममा त सबै ठिकै चलिरहेको थियो तर लण्डनमा त्यस्तै कार्य गर्ने क्रममा पुलिस उनलाई पक्राउ गरेर लग्यो । यि महिला स्विट्जरल्याण्डकी परफरमेन्स आर्टिस्ट मीलो मोर हुन् । यिनलाई यसरी पुलिसले अश्लिलताको आरोपमा पक्राउ गरेको भने पहिलो पटक होइन । यो भन्दा अगाडी पेरिसमा पनि यिनलाई एक रात जेलमै बिताउनु परेको थियो । मीलो मोर महिला अधिकारको कुरा गर्दछिन् र आफ्नो अनौठो तरिकाले मानिसहरुको ध्यान खिच्ने गर्दछिन् । यिनी भन्छिन्, महिलाहरु आफूलाई कतिबेला कसले छुन दिने भन्ने कुराको निर्णय महिलाले गर्न पाउनुपर्छ । पेरिसमा यिनि वस्त्रहीन भएर एफिल टावरको अगाडी उभिइन् र पर्यटकहरुको साथमा फोटो खिच्न थालिन् । यो भन्दा अगाडी जर्मनीको जर्मनीको एक शहर म्युन्स्टरमा आफ्नो एक प्रदर्शन गरिन् जसमा उनि काखमा एउटा नवजात शिशुलाई लिएर वस्त्रहीन भएर घुमिरहेकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.