उत्तर कोरियाबाट भागेकी युवती योनमीको मनै रुवाउने कथा ! १ मिनेट समय दिएर पुरै पढ्नुहोस
उत्तर कोरियामा किम जोङ उनको शासन छ। समय-समयमा उच्च पदस्थ कर्मचारीलाई स-साना बहानामा मृत्युदण्ड दिएको खबर आइरहने यो देश आफ्ना नागरिकको लागि पनि क्रुर रहेको युट्युबमा अहिले भाइरल बनेको केही वर्ष अघिको यो भिडियोले पनि दर्शाउँछ।
विश्वकै रहस्यमय देश मानिने उत्तर कोरियाकी २५ वर्षिया योनमी पार्कले त्यहाँको तानाशाही शासनको बारेमा भिडियोमा रुदैँ बताएकी छिन्। उत्तर किरियाबाट कसैगरि भागेकी योनमी अहिले पनि डराएकी भिडियोमा प्रष्टै देखिन्छ। भागेर चीन जाँदै गर्दा योनमीको पिताको मृत्यु भयो। समातिने डरले बिहान तीन बजे पिताको शवलाई उनले गोप्य रुपमा गाडिन। भाग्ने क्रममा उनले आमाको बलात्कार भएको देख्नु पर्यो। योनमी भन्छिन्, ‘कोरियामा एउटा भनाइ छ, महिला कमजोर हुन्छन्, तर आमा बलिया हुन्छन्। मलाई बचाउन आमा बलात्कृत हुनुपर्यो।’ ‘उत्तर कोरियामा एउटा मात्र टिभी च्यानल छ, इन्टरनेट छैन। हामी गित गाउन स्वतन्त्र छैनौ, बोल्न, लगाउन अथवा सोच्न समेत आफुखुसी पाइदैन।’ उनी भन्छिन्, ‘उत्तर कोरिया विश्वको एकमात्र त्यस्तो देश हो जहाँ अनाधिकृत अन्तराष्ट्रिय फोन गर्दा मृत्युदण्ड दिइन्छ।’ योनमीले पुरुष र महिला बिच कुनै प्रेम कहानी देखेकी छैनन्। उनी भन्छिन्, ‘किताब, गित, प्रेस, प्रेमको बारेमा कुनै फिल्म छैन। त्यहाँ कुनै रोमियो छैन, जुलियट छैन। प्रत्येक कथा प्रोपोगाण्डा थियो, किमका शासकहरुको बढावाको लागि।’ योनमी सन् १९९३ मा जन्मेकी थिएन्, स्वतन्त्रता र मानव अधिकार शब्द बुझ्नु पूर्वनै योनमीलाई उठाइयो। उनी भन्छिन्, ‘उत्तर कोरियालीहरु यो समय स्वतन्त्रताको खोजीका लागि मर्दैछन्।’ उनी रुदैँ भन्छिन्, ‘जब म ९ वर्षकी थिए, मैले मेरा साथीहरु र आमालाई सार्वजनिक रुपमै हत्या भएको देखे, हलिउडको फिल्म हेर्नु मेरो आमाको लागि अपराध बन्यो।’ योनमीको अनुसार उत्तर कोरियामा शासकको विरुद्ध शंका गर्दा तीन पुस्तासम्म जेलको सजाय दिइन्छ वा मारिन्छ। चरा र मुसाले समेत नसुनोस्, उनी भन्छिन्, ‘जब म चार वर्षको थिएँ मेरो आमाले स्वासको आवाजपनि ननिकाल्न सावधान गर्नु भएको थियो। म सोच्थे उत्तर कोरियाका तानाशाहले मेरो दिमाग पढ्न सक्थे।’ उत्तर कोरियाका ७० प्रतिशत महिला तथा युवती शिकार बनाइन्छ, कहिले त २०० डलरमै बेचिन्छ। भाग्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, कम्पास हेर्दै गोबी मरुभुमी (चीन)मा हिड्थ्यौँ, जब कम्पासले काम गर्न छाड्थ्यो हामी स्वतन्त्रताको लागि तारा पछ्याउँथ्यौँ।’ उत्तर कोरिया फर्कनुपर्ने भएमा चक्कु लिएर हामी आफुलाई नै मार्न तयार थियौँ, उनी भन्छिन्, ‘हामी मानव भएर जिउन चाहन्छौँ।






0 comments
Write Down Your Responses