शरिरमा कुन कुन तेल लगाउनाले राम्रो हुनु र मोटोपन घटाउन मद्दत गर्छ ?

राम्रो लगाउने र मिठो खाने मानिसको स्वभावनै हो । खाना मिठो र स्वादिलो हुनुपर्छ हामीलाई त्यति भए पुग्छ तर त्यो हामीले खाएको खाना हाम्रो स्वास्थ्यको लागि उपयोगी छ छैन हामी कहिले पनि विचार गर्दैनौ। शरिर सधै फुर्तिलो र बलियो बनाउनको लागि हामीले खानामा राम्रो तेलको प्रयोग गर्नु पर्छ।

नरिवलको तेल
नरिवलको तेल मोटोपना घटाउन उपयोगी मनिन्छ । नरिवलमा पाईने फ्याट्टि एसिडले मेटाबोलिजम बलियो पार्दछ जसको कारण अनावश्यक मोटाईदैन। नरिवलको तेलले दिमाग सम्बन्धी समस्या पनि हटाँछ भने यसले छाला पनि नरम र मुलायम पार्दछ। पुरानु घाउको खत अथवा डोभहरु पनि नरिवलको तेलले हटाउँदछ।

भाङको बियाँको तेल
भाङमा ओमेगा फ्याटि एसिड ३,६ र ९ पाईन्छ। सोधका अनुसार भाङको तेलले मुटुलाई स्वास्थ्य र बलियो बनाउँदछ। मुटु स्वास्थ्य हुनु भनेको हामी पनि बलियो हुनु हो । भाङको तेलले ,कपाल चम्किलो र बलियो बनाउँदछ र नङ पनि बलियो बनाउँदछ । यसको तेल छालाको लागि पनि निक्कैनै राम्रो मानिन्छ ।

नाशपातीको तेल
नाशपातीमा भिटामीन ई जस्तो एन्टिअक्सीडेन्ट पाईने हुँदा यसले हाम्रो शरिरमा भएको नचाईने बोशो जम्न दिँदैन ,जसको कारण हाम्रो तौल पनि घट्दछ । नाशपातीको तेलको प्रयोग गर्नाले हाम्रो छाला नरम त पार्छ नै यसमा उचित मोस्चराइजर पनि पाईन्छ ।

माछाको तेल अर्थात ओमेगा ३ फिस ओईल
माछाको तेल मुटु र दिमागको लागि निक्कै नै प्रभावकारी मानिन्छ। माछाको तेलमा ओमेगा ३ प्रशस्त रुपमा 
फर्सीको बियाँको तेल
यसको तेल महिला र पुरुष दुबैको लागि निक्कै नै उपयोगी मानिन्छ। यसको तेलको प्रयोग गर्नाले महिलामा हुने महिनावारीको समस्या पनि कम हुने सोधले बताएको छ। यसमा पाईने एन्टीअक्सिडेन्ट जस्तै प्रोटिन ,म्याग्नेसियम जस्तो तत्व पाईने हुँदा यसको सेवन स्वास्थ्यको लागि राम्रो हुन्छ। फर्सीको बियाँ यतिकै खाँदा पनि राम्रो मानिन्छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.