नेपाली युवतीले कतारको शौचालयमा बच्चा जन्माए पछी
एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युबती बच्चा जन्माउनुजेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी एक २३ बर्षीया युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाए । ‘हामीले उसको पेट पहिलादेखि नै बढिरहेको देखेको थियौं’, ती युबतीसँगै काम गर्नेले भनिन्, ‘उसलाई पहिला देखि सोध्दै आइरहेको थियौं । तर, उसले सधै मोटाएको भनेर ढाँटदै आइन ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
ती युबतीले करिब तीन किलोको छोरालाई जन्म दिएकी छन् । बेथा लागे पछि एक्लै शौचालयभित्र छिरेकी उनी सहन नसके पछि कराए पछि मात्रै अरुले चाल पाएका थिए । ‘हामीले शौचालय गएको भनेर त्यति वास्ता गरिनौं’, युवतीकी साथीले भनिन्- ‘एकैपटक ठूलो चिच्याहट आए पछि मात्रै दुगुरेर गयौं । शौचालय खोलेर हेर्दा उनको साथमा बच्चा थियो ।’
आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ । दुबैको अबस्था सामान्य छ । नवजात शिशुका पिता तनहुँका परियार थरका एक युबक भएको ती युबतीले बताइन् । ९ बर्षदेखि कतारमा ड्राइभिङ गर्दै आएका ती युबक बिबाहित हुन् । उनको दुई वटा बच्चा रहेको खुलेको छ । युबती गर्भवति भएर पनि नियमित डिउटी जाने गरेकी थिइन् । आमा र बच्चा बाहिर बस्ने ठाँउ नभएकोले अस्पतालमै छन् । युबतीले बिबाह दर्ता देखाउन नसके पछि प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बच्चाको जन्म दर्ता बनाउने बेला अस्पतालले बिबाह दर्ता र बाबुको राहदानी दिन भनेको थियो’, हमादमा कार्यरत एक नेपालीले भनिन, ‘दुबै देखाउन नसके पछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।’
कतारको कानुन अनुसार अवैध सम्बन्ध राखेर बच्चा जन्माउनु गंभिर अपराध हो । यस्तोमा युबती र युबक दुबै कारबाहीको भागिदार हुनुपर्नेछ । ‘जबसम्म अदालत बाट फैसला हुदैन, तबसम्म बच्चा र आमालाई नेपाल पठाउन मिल्दैन’, दुताबासका एक अधिकारीले भने । यसअघि रोल्पाकी एक युबतीले यसै गरी वच्चा जन्माएकी थिइन । उनका केटासाथी फरार भएका थिए । झन्डै एक बर्ष जेल बसेपछि मात्रै बच्चा सहित उनी स्वदेश फिरेकी थिइन ।







0 comments
Write Down Your Responses