पूर्व सेक्स पार्टनरको झलक तपाईको बच्चाको रंगरुपमा पर्न सक्दछ ।

तपाईको पूर्व सेक्स पार्टनरको झलक तपाईको बच्चाको रंगरुपमा पर्न सक्दछ । सुन्दा यो निकै सामान्य लागे पनि एउटा अध्ययनको रिपोर्टलाई मान्ने हो भने यो सही हो।

रिपोर्टका अनुसार कुनै पनि महिलाका पूर्व सेक्स पार्टनरको झलक अलग पुरुषबाट जन्मने सन्तानमा देख्न सकिन्छ । न्यु साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एउटा शोधमा जब एक महिला कुनै पुरुषसँग पहिलो पटक शारीरिक सम्बन्ध कायम गर्छिन् तब त्यसबेला महिलाको अपरिपक्व अण्डा शुक्राणुका केही अणुहरुलाई अवशोषित गर्छिन् जसको प्रभाव पछि देखिन्छ ।

रिपोर्टका अनुसार जब तिनै महिला दोस्रो पुरुषबाट सन्तान उत्पादन गर्छिन् तब महिलाको अण्डामा रहेको पूर्व सेक्स पार्टनरको शुक्राणुको अंश हुने बच्चाको रंगरुपलाई प्रभावित गर्न सक्छ । यस्तो पनि हुन सक्छ कि हुनेवाला सन्तानको उचाई महिलाको पूर्व सेक्स पार्टनरसँग मिलोस्।
शोधमा संलग्न वैज्ञानिकहरुका अनुसार शोधका क्रममा उनीहरुले कयौ महिलाको पहिलो बच्चाको अनुहार, उचाई त्यस बच्चाको असली पितासँग मेला खाएन ।बरु त्यस पुरुषसँग मेल खाएको थियो, जोसँग उनकी आमाले विवाहपूर्व सेक्स सम्बन्ध कायम गरेकी थिइन्।
यो शोध इकोलजी जर्नलमा प्रकाशित छ ।वैज्ञानिकहरुका अनुसार योशोधबाट कयौ नयाँ शोधर अनुसन्धानमा बल पुग्नेछ 

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.