सुन्दर महिला सामु किन बोल्न सक्दैनन पुरुषहरु

राम्री सुन्दर महिलाको सामु पर्ने बित्तिकै पुरुषहरु नर्भस अनुभव गर्न थाल्ने तथ्य हालै गरीएको अनुशन्धानमा खुलेको छ। अनुशन्धान बाट निस्केको यो तथ्य अनुसार अधिकांश पुरुषहरु सुन्दर महिला सामु जाने बित्तिकै आफुलाई अप्ठ्यारो महसुस गर्ने गर्दछन। नेडरल्याण्डका एक अनुशन्धान कर्ताका अनुसार धेरै जसो पुरुषहरु सुन्दर महिलाहरुको सामु गए पछी सुन्दरता सामु आफु लाई अप्ठ्यारो महसुस गर्ने गर्द छन। 

यो कुरा पुरुषहरुको प्रोफेसनल जिवनमा पनी देखा पर्ने गरेको तथ्य अनुशन्धान बाट पत्ता लागेको छ। यदी अफिसमा कुनै सुन्दर महिला भए आफ्नो काममा भन्दा बढी ति महिला सँग जिस्कनमा समय दिने गर्द छन र त्यो बेला कुनै जरुरी काम छ भन्ने समेत हेक्का राख्दैनन। तर यो कुराले महिलाहरुमा भने त्यती फरक पार्दैन। उनीहरु आकर्षक पुरुष सँग पनी त्यतिकै सहजता पूर्वक आफुलाई उपस्थित गराउन सक्द छन। अनुशन्धकर्ताका अनुसार पुरुषहरु सुन्दर महिला तर्फ छिटै आकर्षित हुने गरेकाले यसो भएको हुन सक्छ। 

0 comments

Write Down Your Responses

Powered by Blogger.