हामीले पानी पिउनुका १० फाइदा र १० घाटा 'जानी राखौ'
जुन सुकै स्वास्थ्य समस्या आए पनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्ने सल्लाह पनि चिकित्सक सल्लाह हो । तर शरीरमा पानीका फाइदा र बेफाइदा दुवै छन् । यहाँ पानी पिउनुका १० फाइदा र १० घाटाको चर्चा गरिएको छ ।
पानी पिउनुका १० फाइदा:
१:विहान उठ्ने वित्तिकै एक गिलास पानी पिउनु उत्तम हुन्छ । यसलाई बानी नै बनाए पनि हुन्छ । यसले पेट सफा गर्छ र पानी पिउँदा त्वचाको रुखो पनि पनि हट्छ ।
२:विहान उठ्ने वित्तिकै मन तातो मानीमा कागती हालेर पिउँदा शरीरमा रहेका विषाक्त तत्व विनष्ट हुन्छन् । यसले रोग सँग लड्ने क्षमता पनि बढाउँछ ।
३:केही मानिस बढी नै चिसो पानी पिउन मन पराउँछन् । यसले खराव गर्छ । यसैले बढी चिसो पानी पिउनु हुँदैन ।
४:चिया कफि पिउने बानी छ भने ग्रीन टी पिउनुस् । यसले शक्ति प्रदान गर्छ ।
५:हल्का पेय पदार्थ भन्दा मनतातो पानीमा कागती हालेर पिउँदा हितकर हुन्छ । यसले शक्ति बढाउँछ र पाचन शक्ति पनि राम्रो पार्छ ।
६:तौल कम गर्न पनि चिसो पानीको सट्टा मन तातो पानी पिउनु फाइदाजनक हुन्छ ।
७:पानी पिउँदा एसिडटी हटछ किन भने पानीले पेट सफा राख्छ ।
८:हाम्रो दिमाग ९० प्रतिशत पानीले बनेको हुन्छ । पानी नपिउँदा टाउको दुख्ने समस्या समेत हुन्छ ।
९:पानीले जोर्नीहरुलाई तरल राख्छ र जोर्नीको दुखाइ पनि कम गर्न मद्दत गर्छ ।
१०:हाम्रो शरीरका मांसपेसीमा ८० प्रतिशत पानी हुन्छ । यसले पानीको सेवन जति बढी गर्यो त्यति नै मांसपेसीको अरठ्ठिलो पन कम हुन्छ ।
पानी पिउँदा हुने १० घाटा
१:आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दवाव पर्छ र मृगौलामा समस्या देखिन थाल्छ ।
२:पानीको ओभरडोज भयो भने शरीरका तन्तुहरु पनि विनष्ट हुन्छन् ।
३:जुन ब्यक्तिको बाइपास सर्जरी गरेको छ त्यस्ता ब्यक्तिलाई पानी अड्कलेर मात्र पिउनु पर्छ । चिकित्सकले पनि पानी अडकलेर मात्र पिउन भन्छन् ।
४:शरीरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ र खाना पच्न अहसजता पैदा हुन्छ ।
५:विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा घाटा हुन्छ । तातो खाना खाए लगत्तै चिसो पानी खाँदा तैलीय पदार्थ जम्न थाल्छ यसले पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हो ।
६:घामबाट घर आउने वित्तिकै पानी पिउनु खतरनाक हुन्छ ।
७:खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।
८:खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।
९:अत्याधिक पानी सेवनले आलस्य बढाउँछ ।
१०:खरभुजा वा काँक्रो खाए लगत्तै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।







0 comments
Write Down Your Responses