सेतो पानी बग्नको केहि असरहरु थाहा पाईराखौ किन र कसरी
मेरो पहिलो गर्भ हो, म २४ वर्षकी गर्भवती महिला हु।गर्भ ६ महिनाको भएको छ। अहिले मेरो योनिबाट सेतो पानी बग्न थालेको छ। मलाई डर लागिरहेको छ कि त्यसले कतै मेरो गर्भमा कुनै असर त गर्दैन ? मैले के गर्दा राम्रो हुन्छ ?
गर्भावस्थामा हल्का सेतो पानी जानु सामान्य हो। यसले योनिमार्गलाई सुख्खा हुनबाट जोगाउँछ, तर बाक्लो गन्हाउने सेतो पानी जानुले यौनरोग तथा योनीमार्गको संक्रमणको संकेत गर्छ। तपाईंको प्रश्नमा कस्तो र कति सेतो पानी जान्छ स्पष्ट छैन। अत्यधिक सेतो पानी जान्छ वा गन्हाउने सेतो पानी जान्छ भने तुरुन्त प्रसूतिरोग विशेषज्ञसँग सम्पर्क गरेर आवश्यक परीक्षण गराउनुपर्छ। सरसफाइ एवं सुतीका भित्री वस्त्रको प्रयोगले केही फाइदा गर्न सक्छ ।






0 comments
Write Down Your Responses