कस्तो बानी भएका महिलालार्इ पुरूषहरू बढी मनपराउ छन ?
महिलाहरुलाई जस्तै पुरुषलाई पनि महिलाको धेरै बानीहरु मन पर्दैन तर महिलाहरुलाई यो कुराको बारेमा थाहा नै हुँदैन । हामी तपाईंलाई यिनै कुराहरुको जानकारी दिँदै छौँ ।
१. लामो नङ तपाईं सायद सोच्नु हुन्छ होला, लामो नङ निकै आकर्षक हुने गर्दछ तर वास्त विकतामा तपाईंको यो लामो नङ पुरुषहरुलाई मन पर्दैन । त्यसकारण महिलाहरु लामो नङको साटो छोटो र आकर्षक नङ राख्नृुहोस् ।
२.धेरै परफ्युम लगाउनु तपाईंलाई आफ्नो परफ्युमको बास्ना जतिसुकै मनपरेपनि तपाईंको पार्टनरलाई भने यसको हल्का बास्ना मनपर्ने गर्दछ । घर बाट निस्किसके पछि पनि तपाईंको बास्ना रहिरहन्छ भने त्यो कुरा पुरुषहरुलाई रामो लाग्दैन ।
३. उग्रता महिलाहरुको उग्र स्वभाव पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु सँग सधैँ टासिइरहनु, उनीहरु बिना आफू केहि पनि नभएको जताइ रहनु जस्ता कुराहरु पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।
४. मौन रहनु तपाईं सोच्नु हुन्छ होला कि धेरै पटक मौन बस्दा पुरुषहरुलाई राम्रो लाग्न सक्छ जब कि वास्तवमा पुरुषहरुलाई सुझाव दिने र कुरा बुझ्ने महिलाहरु धेरै मन पर्ने गर्दछ । यदि तपाईंलाई कुनै विषयको बारेमा केहि कुरा थाहा छ भने पुरुषहरुको सामू बोलेर आफ्नो धारणा व्यक्त गर्नुहोस् ।
५. आफ्नो पुरानो प्रेमीको कथा सुनाउनु तपाईंको पुरानो प्रेमीको कुराहरुले तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ । यदि तपाईं अहिले पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु हुन्छ भने अरु पुरुष सँग बस्नु राम्रो बिचार मानिँदैन । यदि तपाईं बारम्बार आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नु हुन्छ भने तपाईंले आफ्नो यो बानीको पछाडि लुकेको कारण खोज्नु पर्ने हुन्छ ।
६. रुखो स्वभाव महिलाहरुको रवाफ र रुखो स्वभाव पुरुषहरुलाई साह्रै नराम्रो लाग्ने बानी मध्येको एक हो । सामान्य रुपमा, पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।
७.कुरा काट्नु यदि तपाईंको पार्टनर तपाईंलाई अन्य महिला सँग खासखुस गरिरहेको देख्द छन् भने सायद तपाईं उनको नजर गिर्न सक्नु हुन्छ । तपाईंको कुरामा जति सुकै सत्यता रहे पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै हुने गर्दछ ।
८.उनलाई परिवर्तन गर्न कोसिस गर्नु एक पुरुष सधैँ आफ्ना महिलाले उनलाई असल गुण सँगै अपनाओस् भन्ने चाहन्छ । यदि तपाईं कुनै पुरुष सँग घुम्ने निर्णय लिनु हुन्छ र पछि उनको व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने कोसिस गर्नु हुन्छ भने उनीहरु स्वयंका लायक महसुस गर्दैनन् । त्यस कारण तपाईंले उनीहरुको अहंकारमा ठेस पुर्याउनु हुनेछ । यदि तपाईंलाई कुनै पुरुष मनपर्दैन भने उनीहरुलाई परिवर्तन गर्न तल्लिन हुनुको साटो अर्को मनपर्ने व्यक्ति खोज्नु नै राम्रो हुनेछ ।(रातोपाटी)







0 comments
Write Down Your Responses