ओखर वाट केहि घरेलु उपचारहरु !
ओखरव्दारा रोग उपचार गर्ने केही घरेलु पद्धति । जाडो याममा तापक्रम कम हुन्छ र मौसम सुक्खा हुन्छ । त्यसैले मानिसहरुका छाला पनि सुक्खा हुन्छ र फुट्ने सम्भावना पनि हुन्छ। त्यस्तो अवस्था देखा परेमा मलम दल्नुका साथै
बढी ओखर , तील , बदाम , भटमासआदि खानेकुरा खाएमा छालालाई चहक पार्नुका साथै नरम पार्नसकिन्छ । यसका साथै तरकारी , फलफूल ,फर्सी ,कुखुराका फुल , कलेजो आदि खानेकुराहरुखाएमा छालालाई फुट्नबाट बचाउन सकिन्छ । यसका साथै पिरो रचर्को स्वादका खानेकुरा नखानुहोस्।
अनुसन्धानको नयाँ नतीजा अनुसार खाना खान सकिन लाग्दा अलिकति ओखर खाएमा चिल्लो पदार्थले धमनीलाई हानी गर्नबाट मुक्त गर्ने पनि ओखरको क्षमता छ । हरेक दिनमा पाँच छ वटा ओखर खाएमा मुटु , मस्तिष्क , रक्त नलीलाई स्वस्थ राख्न सकिन्छ । यति मात्र हैन मिर्गौलोको क्षमता बढाउन र स्वस्थ्य राख्ने पनि ओखरको क्षमता छ । अब ओखरव्दारा रोग उपचार गर्ने केही घरेलु पद्धति । ओखरको जाउलोः ओखरको गुदी एक वा दुई वटा बयर दश वटा , चामल एक चौथाइ के जी मिलाएर भाडोमा केही पानी हाली चामल, ओखरको गुदी , बयर एकैसाथ भाडोमा हालेर पकाउनुपर्छ । पाकेपछि विहान , मध्यान्ह र बेलुकी मुख्य खानाका रुपमा खानुहोस् । यस किसिमको जाउलो मिर्गौलोका लागि फाइदा जनक हुन्छ भने स्वस्थ्य
रहन र छाला चहक गर्ने पनि यसको क्षमता छ । मिर्गौला र फोक्सोका लागि फाइदा भएकोले स्तन त्यति नराम्रो भएका महिलाहरुले ओखर खाएमा स्तन ठुलो पार्न सकिन्छ भनिएको छ । ओखरको गुदी एक, बदामका दाना दश वटा, पानी दुई कप जती तताएर ओखरको गुदी र बदामका दानालाई मन तातो पानीमा एक रातसम्म भिजाउनुपर्छ । अर्को दिन विहान ओखर र बदाम पानीबाट निकालेर रस निचोर्ने र दुई कप पानी हाल्ने । त्यसपछि बदाम र ओखरको यस किसिमको पानीलाई भाडोमा राखेर अलिकति चिनी हालेर खानुहुन्छ । विहान र राति सुत्नुअघि एक एक कप यस्तो रस खानुहोस्। स्वास्थ्यका लागि निकै हितकर छ । श्रोताहरु , ओखरव्दारा रोग उपचार गर्ने उपाय धेरै छन् ।







0 comments
Write Down Your Responses