भुलेर पनि सुत्न नहुने ३ समयमा !

हुन त निद्रा आरामको लागि अपरिहार्य छ । तर यसको समय भने बढो ध्यान पुर्याउनु पर्छ । गलत समयमा सुत्दा स्वास्थ्यका लागि घातक समेत हुन सक्छ । त्यसैगरी धार्मिकरुपमा पनि गलत समयमा सुत्नु अपसकुन मानिन्छ । धर्म शास्त्रहरुमा तीन समयमा सुत्नै नहुने उल्लेख छ ।
यसरी सुत्न नहुने समयमा
  • - सूर्योदयको समय
  • - दोपहरको समय
  • - सूर्यास्तको समय

यी समयमा सुत्दा के नोकसान हुन्छ

 सूर्योदय पछिको सुताइ

सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी वेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।
सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । विहान सवेरैको समयलाई ब्रम्ह मुहुर्त भनिन्छ यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । विहान उठेर ब्यायाम गर्ने र मर्निङ वाक जाने चलन पनि त्यसैले चलेको हो ।

दोपहरको सुताइ

शास्त्रका अनुसार दोपहरमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि अपसकुन मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउसोमा खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ ।
दोपहरको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । अतः दोपहरको समयमा सुत्नु भन्दा काम गर्नु राम्रो मानिन्छ ।
सूर्यास्त समयको सुताइ

सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराव मानिन्छ । खासगरी सूर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने ब्यक्तिले सहजै सफलता पाउन सक्दैनन् ।

धार्मिक मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन । यद्यपी गर्भवती वा विरामीहरु भने सुतेपनि कुनै दोष लाग्दैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.