गर्भवती भएको कसरी थाहा पाउँने र त्यसका लक्षणहरु
पहिलो पटक गर्भवती भएको लक्षणहरु थाहा नपाउँने धेरै महिला हुन्छन् । त्यसमा पनि किशोरीहरु गर्भवती भए भने त झन धेरैले थाहा नपाइरहेका हुन्छन् । गाउँमा त गर्भवती सम्बन्धी जाँच गर्न पाइन्छ भन्नेसम्म धेरैलाई थाहा नभएको अवस्था छ ।
दर्गम गाउँमा त त्यस्तो सुविधा पाउँन धेरै मुस्किल छ । कुनै कारणले दुई महिनासम्म पनि महिनावारी नभएको अनुभव गरेका किशोरीहरुले त पेट बढेको देखेर मात्र आफु गर्भवती भएको थाहा पाउँदछन ।
गर्भधारण भएको छ भने निम्न किसिमका लक्षणहरु हुन्छन्
- महिनावारी रोकिएको हुन्छ
- बिहान बिहान वाकवाकी लाग्ने तथा बान्ता पनि हुने (मर्निङ सिक) हुन थाल्दछ
- स्तनको आकार बढ्दै जान थाल्दछ, अलिअलि साह्रो पनि भएको अनुभव हुन्छ
- समाउँदा वा छुँदा पनि स्तन र स्तनको मुण्टो दुखेको महसुस हुन्छ
- पिसाव छिटोछिटो लाग्न थाल्दछ ।
किनकि जहाँपायो त्याहिँ गराउँदा ज्यान जान पनि सक्छ वा फेरि कहिल्यै पनि बच्चा नहुने स्थिति पनि हुन सक्दछ । गर्भ रहेको शंका लागेमा ४८ घण्टा भित्र स्वास्थ्यकर्मीको सल्लाह अनुसार आकस्मिक गर्भनिरोधको साधनको प्रयोग वा औषधि खान पनि सकिन्छ ।
शहर बजारमा त गर्भ परिक्षण गर्ने गर्भ भए नभएकोे थाहा पाउन टेस्ट किट भन्ने एक किसिमको सामाग्रीको प्रयोग गरेर निश्चित गर्न सकिन्छ ।







0 comments
Write Down Your Responses