ड्राईभर म माइलो प्रर्दशनको तयारिमा

-महेश्वर नेपाल


 आरम्भ नाट्य डबली कतारद्धारा निर्माणाधिन चलचित्र ड्राइभर म माइलो कतारमा पर्दशनको तयारीमा रहेको छ । फिलीपीनो नागरिक नेनिथ कर्नाकोर( फिलीपीनो कान्छी)को समेत अभिनय रहेको हास्य प्रधान चलचित्रमा बिदेशीएका अधिकाशं युवाहरु किन घर फिर्न चहादैनन केटिको पछि लाग्ने केटाहरुलाई केटिहरुले कसरी माइलो बनाउछन भन्ने कथालाई चलचित्रमा उतारिएको छ ।
 उद्धब राई द्धारा निर्देशित सो चलचित्रमा संगित श्रीकृष्ण लुइटेल र यमन राईको रहेको छ । सरोज श्रेष्ठको नृत्य निर्देशन रहेको उक्त चलचित्र सुमन खाती बिरहि कान्छाले निर्माण गरेकाहुन ।
कतारमा छायांकन गरिएको चलचित्रमा कलाकारहरु रामकुमार राई ,रविन खनाल, सबिना थापा, बसन्तराज लम्साल, रेखा राई ,सरोज श्रेष्ठ ,वसन्त राई, पवन मेचे, दिलीप धनुकी ,यादव पाण्डे ,गणेश प्रसाद दहाल ,पत्रकार प्रेम लामा आदि कलाकारहरुको अभिनय रहेको छ ।
                      यहि अपि्रल २२ तारिखका दिन दोहा सिटि प्लाजामा ११ र २ गरी दुइ शो प्रर्दशन गर्न लागीएको उक्त चलचित्रका निर्देशक उद्धब राईले बताए । "कतार बासी नेपालीहरुले एकपटक हेर्नै पर्ने र चलचित्रबाट भरपुर मनोरन्जन साथै शिक्षा लिन सकिने" चलचित्रका कलाकार प्रेम लामा बताउछन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.